एनपीएलको खुला बिडिङमा ८ टिम १६ करोड ८८ लाखमा बिक्री
नेपाल प्रिमियर लिग (एनपीएल)का आठवटा फ्रेन्चाइज टिमहरू कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयाँमा बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार खुला बिडिङ प्रक्रिया गरेको थियो, जसमा विभिन्न शहरका लागि टिम फ्रेन्चाइजहरूलाई विभिन्न मूल्यमा बिक्री भएको थियो । पोखराको फ्रेन्चाइज सबैभन्दा महँगो मूल्यमा ३ करोड ५७ लाखमा बिक्री भयो, भने कर्णालीको टिम सबैभन्दा कम मूल्य १ करोड ११ लाख ७० हजार रुपैयाँमा बिक्री भयो।
अन्य फ्रेन्चाइजहरूको मूल्यमा काठमाडौंको टिम ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा कान्तिपुर पब्लिकेसन्सले, जनकपुरको टिम २ करोड ५ लाखमा ड्रिम्स स्पोर्टसले, लुम्बिनीको टिम १ करोड ८६ लाख ४ रुपैयाँमा फर्टुना हेल्थ केयरले, सुदूरपश्चिमको टिम १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा इम्पायर स्पोर्ट्सले, चितवनको टिम १ करोड ७६ लाख १ हजार रुपैयाँमा चितवन मेडिकल कलेजले, र विराटनगरको टिम १ करोड ५१ लाख रुपैयाँमा एमएडी ड्रिम्स स्पोर्टसले पाएका छन्।
बिडिङमा सहभागी हुन १६ वटा आवेदन परेका थिए, जसमा ८ वटा व्यावसायिक समूहले अन्ततः टिम फ्रेन्चाइजको स्वामित्व पाएका हुन्।