जनकपुरको फ्रेन्चाइजी ड्रिम्स स्पोर्टसले २ करोड ५ लाखमा पायो



आगामी मंसिर १६ गतेदेखि पुस ६ गते सम्म आयोजना हुने नेपाल प्रीमियर लिगमा सहभागी हुने फ्रेन्चाइजी टिमको मालिक तय भएको छ ।

जनकपुरको फ्रेन्चाइजी ड्रिम्स स्पोर्टसले २ करोड ५ लाख रुपैयाँमा पाएको छ ।

फ्रेन्चाइजी टिम खरिदका लागि १६ वटा व्यवसायिक समूहबाट आवेदन परेको थियो । बिहीबार क्यानले ८ टिमलाई लिलामीमा राखेर बोलकबोलमार्फत बिक्री गरेको हो। खुला बिडिङ गर्दा ८ वटा फ्रेन्चाइजी कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयााँमा बिक्री भएको छ । 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर