एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्दै, विजेता सिधै फाइनलमा पुग्ने
नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (बुधबार) दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच पहिलो क्वालिफायर खेल हुँदै छ। सुदूरपश्चिम शीर्ष स्थानमा रहँदै, जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको थियो।
आजको क्वालिफायर जित्ने टोली सिधै फाइनलमा पुग्नेछ, जबकि हार्ने टोलीले इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायरबाट फाइनलमा पुग्ने दोस्रो टिमको निर्णय हुनेछ।
लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको जितसँग पराजित गरेको थियो।