पोखरामा लाग्यो महंगो बोली: नेपाल टी-२० प्रालिले ३ करोड ५७ लाखमा फ्रेन्चाइजी जित्यो
आगामी मंसिर १६ गतेदेखि पुस ६ गते सम्म आयोजना हुने नेपाल प्रीमियर लिगमा सहभागी हुने फ्रेन्चाइजी टिमको मालिक तय भएको छ ।
पोखरा फ्रेन्चाइजी नेपाल टी–२० प्रालिले सबैभन्दा महंगो बोलि लगाएर ३ करोड ५७ लाख रुपैयाँमा पाएको छ ।
फ्रेन्चाइजी टिम खरिदका लागि १६ वटा व्यवसायिक समूहबाट आवेदन परेको थियो । बिहीबार क्यानले ८ टिमलाई लिलामीमा राखेर बोलकबोलमार्फत बिक्री गरेको हो। खुला बिडिङ गर्दा ८ वटा फ्रेन्चाइजी कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयााँमा बिक्री भएको छ ।