नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा ८ टिमको सहभागिता रहने
पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) मा ८ टोलीको सहभागीता रहने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) को बिहिबार बसेको बोर्ड बैठकले पहिलो संस्करणको लिगमा ८ टोली सहभागीता गराउने निर्णय गरेको छ । लिगमा पोखरा, काठमाडौं, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम, चितवन, बिराटनगर, कर्णाली सहरलाई प्रतिनिद्धित्व गर्ने फ्रेन्चाइज रहने छन् |
लिग मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुनेछ ।