लुम्बिनीको पहिलो जीतमा , चितवनले पायो ठूलो धक्का
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोमाथि ३३ रनको शानदार जित निकालेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेटको गुमाएर १६७ रन बनाउन सफल बनेको थियो। कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ५७ बलमा ८० रनको विस्फोटक खेल खेले, जसमा ६ चौका र ५ छक्का समावेश थिए। उनलाई साद बिन जफरले ३५ बलमा ५२ रन बनाएर महत्वपूर्ण साथ दिएका थिए। खेलको सुरुवाती चरणमा लायन्सले विकेट गुमाए पनि रोहित पौडेल र साद विन् जफरको ११४ रनको साझेदारीले टिमलाई बलियो स्कोरतर्फ पुर्याएको थियो। बलिङतर्फ चितवनका रिजन ढकालले ३ विकेट लिँदै २९ रन दिए भने रञ्जित कुमार र कुशल मल्लले समान १-१ विकेट लिएका थिए।
१६८ रनको लक्ष्य पछ्याउँदै चितवन राइनोले राम्रो सुरुवात गर्न सकेन। पावरप्लेमै ३ विकेट गुमाएपछि टिम दबाबमा पर्यो। लुक बेन्केनस्टाइनले २९ बलमा ३१ रन बनाउँदै टिमका लागि सर्वाधिक रन जोडे भने कप्तान कुशल मल्लले २० रन र नार सर्कीले २२ रन बनाए। तर, उनीहरूको प्रयास लक्ष्य पूरा गर्न पर्याप्त भएन र चितवनले २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमात्र बनाउन सक्यो।
लुम्बिनीका बलरले उत्कृष्ट प्रदर्शन गरे। कप्तान रोहित पौडेलले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिए भने रेमन सिमन्ड्सले २ विकेट र साद बिन जफरले १ विकेट लिए। पौडेलले ब्याटिङ र बलिङमा गरेको उत्कृष्ट प्रदर्शनले उनलाई “म्यान अफ द म्याच” घोषित गरियो।
यो जितसँगै लुम्बिनी लायन्सले लिगमा २ पोइन्ट जोडेर आफ्नो स्थिति बलियो बनाएको छ भने दर्शकहरुलाई अझै पावरप्लेको आशा दिलाएको छ।अर्कोतर्फ राहिनोले हार व्यहोरे संगै प्लेअफको यात्रामा झन् झन् कठिन हुदै गएको छ।