एनपीएलमा आजको पहिलो खेलमा चितवन र लुम्बिनी भिड्दै, दोस्रो खेलमा कोको ?



नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुने भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहान ९:१५ बजे पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। दोस्रो खेल दिउँसो १:१५ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ।

अङ्क तालिकामा तेस्रो स्थानमा रहेको चितवन राइनोजले चार खेलमा तीन जित र एक हारसहित ६ अङ्क जोडेको छ। चितवनले काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, र सुदूरपश्चिम रोयल्सलाई हराएको थियो भने कर्णाली याक्ससँग पराजित भएको थियो।

लुम्बिनी लायन्स भने चार खेलमा लगातार पराजय भोग्दै अङ्क तालिकाको पुछारमा छ। उसले विराटनगर, पोखरा, सुदूरपश्चिम, र जनकपुरसँग हार बेहोरेको छ।

कर्णाली याक्सले चार खेलमा दुई जित र दुई हारसहित ४ अङ्क जोडेको छ। कर्णालीले चितवन र विराटनगरलाई हराएको छ भने जनकपुर र काठमाडौँसँग पराजित भएको थियो।

पोखरा एभेन्जर्सले तीन खेल खेलेर एकमा जित र दुईमा हारसहित २ अङ्क बटुलेको छ। पोखराले लुम्बिनीलाई हराएको थियो भने चितवन र जनकपुरसँग हार व्यहोरेको थियो।

अङ्क तालिकाको स्थिति
– जनकपुर बोल्ट्स: चार खेलमा चारै जितसहित ८ अङ्कसहित शीर्ष स्थानमा,
– सुदूरपश्चिम रोयल्स: चार खेलमा तीन जित र एक हारसहित ६ अङ्क,
– चितवन राइनोज: चार खेलमा तीन जित र एक हारसहित ६ अङ्क,
– कर्णाली याक्स: चार खेलमा दुई जित र दुई हारसहित ४ अङ्क,
– पोखरा एभेन्जर्स: तीन खेलमा एक जित र दुई हारसहित २ अङ्क,
– काठमाडौँ गुर्खाज: तीन खेलमा एक जित र दुई हारसहित २ अङ्क,
– विराटनगर किङ्ग्स: चार खेलमा एक जित र तीन हारसहित २ अङ्क,
– लुम्बिनी लायन्स: चार खेलमा कुनै जितबिना शून्य अङ्कसहित पुछारमा

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर