जनकपुर बोल्टस् टीमलाई टेक्नोले चीन भ्रमणमा लैजाने
नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) मा जनकपुर बोल्ट्स शीर्ष स्थानमा पुगिसकेको छ। चार खेलबाट ८ अंक बटुलेर बोल्ट्सले आफ्ना समर्थकहरूको मन जितिरहेको छ।
यसैबीच, जनकपुर बोल्ट्सका गोल्ड पार्टनर टेक्नोले टिमको उत्साहलाई अझै उच्च बनाउँदै एक रोमाञ्चक यात्रा चीनतर्फको योजना बनाएको छ।
टेक्नोले जनकपुर बोल्ट्ससँग मिलेर विभिन्न चुनौतीहरूको सामना गर्दै अवसरहरू सिर्जना गर्ने र क्रिकेटसँगै आगामी च्याम्पियनहरूको नयाँ पुस्तालाई सशक्त बनाउने आफ्नो प्रतिबद्धता प्रकट गरेको छ।