एनपीएल २०२४: बीचको चरण अपडेट – प्लेअफको दौड तात्दै



नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को लिग चरणको आधा भाग पूरा भएसँगै, प्लेअफ स्थानका लागि टिमहरूबीचको प्रतिस्पर्धा झन् चर्किएको छ। केही टिमले राम्रो प्रदर्शन गर्दै बलियो स्थान बनाए, भने केही टिमलाई संघर्ष गर्न गाह्रो भएको छ।

जनकपुर बोल्ट्सले अहिलेसम्मको सबै चार खेल जित्दै ८ अङ्क बटुल्न सफल भएको छ। १.३७५ को राम्रो नेट रन रेट (NRR) संग, बोल्टस् ले प्लेअफमा स्थान सुरक्षित गर्न लगभग नजिक पुगेका छ।

सुदूर पश्चिम रोयल्स र चितवन राइनोजले पनि राम्रो प्रदर्शन गरेका छन्। दुबै टिमले ४ खेलबाट ६ अङ्क बटुलेका छन्। रोयल्सको NRR २.१८८ छ भने राइनोजको १.७६२ छ। यी टिमहरू प्लेअफ स्थानका लागि बलिया रूपमा अडिएका छन्।

कर्णाली याक्सले ४ अङ्क बटुलेको छ तर -०.४२७ को NRR भएका कारण चौथो स्थानलाई जोगाउन निकै चुनौती सामना गर्नुपर्नेछ रहेको छ।

लुम्बिनी लायन्सका लागि अवस्था निकै खराब छ। चार खेलमा कुनै पनि जित निकाल्न नसक्दा लायन्सको NRR -१.०५१ रहेर तालिकाको अन्तिम स्थानमा रहेको छ। बाँकी खेलमा जित्न नसके लायन्सको एनपिएलको यात्रा समाप्त हुनेछ।

पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, र विराटनगर किंग्सले समान २ अङ्क जोड्न सफल भएका छन्। यी टिमहरूले प्लेअफमा स्थान सुरक्षित गर्न बाँकी खेलहरू जित्न जरुरी देखिन्छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर