लुम्बिनी लायन्सले टस जितेर पहिले जनकपुरविरुद्द बलिङ गर्दै



काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ रोजेको छ। टी-यू क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएका छन्, र अहिले जनकपुरले ब्याटिङ गर्दैछ।

जनकपुरको प्लेइङ-११ मा आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, हर्श थाकर, जिम्मी नीशम, शुभ कंसाकार, मोहम्मद मोहसिन, हेमन्त धामी, किशोर महतो, ललित राजवंशी, र शेर मल्ल समावेश छन्।

लुम्बिनी लायन्सको प्लेइङ-११ मा आशुतोष घिरैया, अर्जुन साउद, टम मुर्स, रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, बेन कटिङ, साद विन जफर, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, र अभिषेक गौतम रहेका छन्।

यसअघि भएका तीन खेलमध्ये लुम्बिनी लायन्सले सबैमा हार व्यहोरेको छ भने, जनकपुरले सबै खेलमा जित हात पारेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर