सुदूरपश्चिम रोयल्समा अनुबन्द रोहन मुस्ताफाले एनपीएलका बाँकी खेल नखेल्ने



यूएईका अलराउन्डर रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन्।

सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षकले यसबारे जानकारी दिँदै भने, “पारिवारिक समस्याका कारण खेलाडी घर जान चाहन्छन्, त्यसैले हामीले उनलाई बिदा दिएका छौं। उनको स्थानमा अर्को खेलाडीलाई चयन गरेका छौं। उनले भने, घर गएर फर्किने समय हुँदैन, त्यसैले उनी आउनुहुन्न।”

मुस्तफाले सुदूरपश्चिम रोयल्सको लागि एक खेल खेलेका थिए। काठमाडौं गुर्खाजविरुद्धको खेलमा उनले ७ बलमा ४ रन बनाएर आउट भएका थिए। बलिङतर्फ पनि उनले एक ओभर खेल्दै ८ रन खर्चेका थिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर