एनपिएलमा आज जनकपुर-लुम्बिनी र सुदूरपश्चिम-चितवन भिड्दै



सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (आइतवार) लिगको आठौं दिन दुई खेल हुँदैछन्।

आइतवारको पहिलो खेलमा नेपाली टोलीका कप्तान रोहितको नेतृत्वमा रहेको लुम्बिनी लायन्स र नियमित सदस्य अनिल शाहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल कीर्तिपुरस्थित टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछ। लुम्बिनीले सुरुवाती तीन खेलमा हार बेहोरेको छ र आजको खेलमा जित नपाए प्लेअफमा पुग्ने संभावना कठिन हुनेछ। पहिलो खेलमा विराटनगर किंग्ससँग हार पछि, लुम्बिनीले पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँगको खेल पनि गुमाएको थियो।

यसैबीच, जनकपुर चौथो जित निकाल्दै प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यमा छ। जनकपुरले विराटनगर, कर्णाली र पोखरालाई हराएको थियो।

आजको दोस्रो खेल सुदूरपश्चिम र चितवनबीच हुनेछ, जुन दिउँसो १ बजे सुरु हुनेछ। सुदूरपश्चिम लगातार चौथो जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ। यस अघि, सुदूरपश्चिमले विराटनगर, काठमाडौं गुर्खाज र लुम्बिनीलाई हराएको थियो। चितवनले शुरुवाती दुई खेल जितेको थियो, तर तेस्रो खेलमा कर्णालीसँग हार व्यहोरेको थियो।

एनपिएल नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा चलिरहेको छ र यो प्रतियोगिता पुस ६ गतेसम्म चल्नेछ। राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर