कर्णाली याक्समा अनुबन्ध भारतीय क्रिकेटर शिखर धवनले एनपीएल किन छोड्दै ?



भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन्।

कर्णाली याक्सले उनलाई कम्तीमा ४ खेलका लागि अनुबन्ध गरेको थियो, जसअनुसार उनले आफ्नो प्रतिबद्धता पूरा गरी स्वदेश फर्किन लागेका हुन्।

११ तारिखदेखि अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने भएकाले उनी नेपाल छोड्न लागेका हुन्।

एनपीएलमा धवनले उत्कृष्ट प्रदर्शन गर्दै ४ खेलमा १३६ रन बनाए, जसमा विराटनगर किंग्सविरुद्ध ५, चितवन राइनोजविरुद्ध ४५, जनकपुर बोल्ट्सविरुद्ध १४, र काठमाडौं गुर्खाजविरुद्ध अविजित ७२ रन सामेल छन्। कर्णालीले हालसम्म ४ खेल खेलेको छ, जसमा २ खेलमा जीत र २ खेलमा हार व्यहोरेको छ।

शिखरको स्थानमा अर्को खेलाडी ल्याउने या नल्याउने विषयमा प्रशिक्षकले निर्णय लिनेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर