लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १ सय ७१ रनको लक्ष्य दियो
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १ सय ७१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले टस जितेर ब्याटिङ चयन गरेको थियो। २० ओभरको निर्धारित पारामा लुम्बिनीले ५ विकेट गुमाउँदै १ सय ७० रन बनायो। लुम्बिनीका कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ९५ रन बनाएका थिए।
उनले ५९ बल खेल्दै ४ छक्का र १० चौका प्रहार गरे। यस्तै, टस मूर्सले ४५ रनको योगदान दिए। पोखरा एभेन्जर्सका विपिन खत्रीले २ विकेट लिए।