चितवन राइनोजलाई हराउँदै कर्णाली याक्सले निकाल्यो पहिलो जीत



कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जीत दर्ता गर्दै चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। टीयू क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

कर्णालीका ओपनर शिखर धवनले ४५ रनको उत्कृष्ट इनिङ्स खेले। देव खनाल (२४) र चाडविक वाल्टन (३०) ले पनि महत्त्वपूर्ण योगदान दिए। अन्तिम ओभरमा ९ रन आवश्यक हुँदा जिसन मक्सुदको चौकाले कर्णालीलाई जित दिलायो।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको थियो। रवि बोपाराले अविजित ५९ रनको अर्धशतक प्रहार गरे। बलिङतर्फ कर्णालीका विप्पन शर्माले ३ विकेट लिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर