गुर्खाज विरुद्ध नरेन साउदको उत्कृष्ट वालिङ्ले रोयल्सलाई दिलायो सजिलै जित
सुदूरपश्चिम काठमाडौं गोर्खाजलाई ७३ रनले पराजित गर्दैले नेपाल प्रिमियर लिगमा काठमाडौं गोर्खाजलाई ७३ रनले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। पहिलो ब्याटिङ गरेको रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको बलियो स्कोर प्रस्तुत गरेको थियो। ब्रान्डन म्याकमुलनले ३६ बलमा ५३ रनको उत्कृष्ट खेल खेले भने कप्तान दिपेन्द्रसिंह ऐरीले २५ बलमा आक्रामक ४३ रन जोड्न सफल भए। विनोद भण्डारीले पनि २८ बलमा ३५ रन बनाएर टिमलाई बलियो स्थितिमा पुर्याएका थिए। गोर्खाजका बलरहरूमध्ये रशिद खानले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिएर प्रभावशाली प्रदर्शन गरेका थिए।
१६८ रनको लक्ष्य पछ्याउने क्रममा गोर्खाजको ब्याटिङ सुरूदेखि नै धराशायी देखियो। स्टीफन एस्किनाजीले ३३ बलमा ३७ रन बनाउँदै केही प्रयास गरे पनि अन्य ब्याटरले ठूलो योगदान दिन सकेनन्। रोयल्सका बलर नरेन साउदले ३.५ ओभरमा मात्र १९ रन खर्चेर ५ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे भने अभिनाश बोहराले ३ ओभरमा १२ रन दिएर २ विकेट लिए। गोर्खाज १५.५ ओभरमै मात्र ९४ रनमा अलआउट हुँदै ठूलो अन्तरले पराजित भएको छ।