लुम्बिनीलाई हराउँदै किंग्स पहिलो जित निकाल्न सफल



नेपाली प्रिमियर लिग (एनपिएल ) मा बिराटनगर किङ्सले लुम्बिनी लायन्सलाई १९२ रनको ठूला लक्ष्य पछ्याउँदै १९.५ ओभरमा ८ विकेट गुमाएर रोमाञ्चक जित हात पारेको छ। लुम्बिनीले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनायो। कप्तान रोहित पौडेलले २९ बलमा ४६ रन बनाए भने टम मूरसले १७ बलमा ३० रनको आक्रामक खेल खेलेका थिए। अन्त्यमा बिबेक यादवले ७ बलमा नटआउट १९ रन बनाएर खेललाई थप बलियो बनाए। बिराटनगरको बलिङतर्फ दुर्गेश गुप्ताले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा बिराटनगरको सुरुवात कमजोर रह्यो, तर लोकेश बमले ४७ बलमा ७१ रनको उत्कृष्ट खेल खेलेर किंग्सलाई जिततर्फ डोर्‍याए। बशीर अहमदले २३ बलमा ४० रन बनाए। अन्तिम क्षणमा, क्रिस सोलले मात्र ४ बलमा १४ रन बनाएर किंग्सलाई १ बल बाँकी हुँदै जित दिलाउन सफल भए। यो जितले बिराटनगरलाई एनपिएल २०२४ को प्लेअफ दौडमा रहन मद्दत पुर्याएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर