कर्णाली याक्सले काठमाडौं गुर्खाजविरुद्ध पहिले ब्याटिङ गर्दै
नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजविरुद्ध पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
दुवै टोलीले आफ्नो पहिलो खेल गुमाएका छन् र अब पहिलो जितको खोजीमा रहनेछन्। काठमाडौं गुर्खाजले चितवन राइनोजसँग ५ विकेटले हार व्यहोरेको थियो भने कर्णाली याक्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो।