पोखराको फितलो ब्यटिंगले भोग्यो लज्जास्पद हार



पोखरा एभेन्जर्सले टिमको प्रमुख प्रशिक्षकका रूपमा भारतका पूर्व प्रथम श्रेणी क्रिकेट खेलाडी तथा भारत ए टिमका पूर्व मुख्य प्रशिक्षक राजिव कुमारलाई नियुक्त गरेको थियो। तर, आफ्नो पहिलो खेलमै चितवन राइनोजसँग ११औं ओभरमा लगातार ८ विकेट गुमाउँदै फ्यानहरूलाई ठूलो निराशा दियो।

राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलसहित चार विदेशी खेलाडी (जसमध्ये तीन अलराउन्डर) हुँदा पनि पोखराको प्रदर्शन कमजोर रह्यो। १६२ रनको लक्ष्य पछ्याएको पोखराको ब्याटिङ निकै फितलो रह्यो।

१० ओभरमा ड्रिंक्स ब्रेक लिएपछि १३.२ ओभरमै ७४ रनमै सम्पूर्ण विकेट गुमाउन पुगे। पहिलो खेलमै यस्तो प्रदर्शनले पोखराका समर्थकहरूलाई निराश बनाएको छ।

चितवन राइनोजका बलरहरूको उत्कृष्ट प्रदर्शनका कारण पोखराका कुनैपनि ब्याट्सम्यान उभिन सकेनन्। यस हारले चितवनलाई २ अंक थप्न सहयोग गर्यो भने पोखराले आफ्नो पहिलो खेलमै लज्जास्पद हार व्यहोर्दै अंक तालिकामा खाता खोल्न सकेन।

May be an image of 4 people and text

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर