नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिदका लागि क्यानको आह्वान, दरखास्त शुल्क एक लाख



नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज खरिदको सार्वजनिक सूचना निकालेको छ। आवेदनदिने समय सीमा अगस्ट १६ तारिखसम्म तोकिएको छ  फ्रेन्चाइज खरिदका लागि चारवटा मापदण्ड तय गरिएको छ:

  1. कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्छ।
  2. भ्याटमा दर्ता र कर चुक्ता प्रमाणपत्र अद्यावधिक हुनुपर्छ।
  3. विदेशी कम्पनीको लागि नेपाली कम्पनीसँग साझेदारी आवश्यक छ।
  4. कम्पनी र कम्पनीका व्यक्तिहरूको विगतमा कुनै आपराधिक संलग्नता नहुनु पर्छ।

क्यानले फ्रेन्चाइज खरिदको दरखास्तका लागि १ लाख रुपैयाँ शुल्क तोकेको छ। क्यानले आगामी नोभेम्बर-डिसेम्बर (कात्तिक-मंसिर) मा प्रिमियर लिग आयोजना गर्ने योजना बनाएको छ, यद्यपि प्रतियोगिताको मिति भने अझै तय भएको छैन।
यस्तो छ सूचना:

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर