टस जितेर पहिले बलिंग गर्दै एभेन्जर
पोखरा एभेन्जर र चितवन रहिनोस बीचको खेलमा पोखरा एभेन्जरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। यो एनपिएलको पाँचौं खेल हो, जुन त्रिवि क्रिकेट मैदानमा १:१५ बजेबाट सुरु हुनेछ।
चितवन रहिनोस् टोलीका मार्की खेलाडी र कप्तान कुशल मल्ल छन्, भने पोखरा एभेन्जरका मार्की खेलाडी र कप्तानको रूपमा कुशल भूर्तल रहेका छन्।