सुदूरपश्चिम रोयल्सको धमाकेदार जित



सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९२ रनमा अलआउट गर्दै ९० रनको फराकिलो अन्तरले खेल जितेको छ। रोयल्सले १६.१ ओभरमै किंग्सलाई समेट्न सफल भयो।

रोयल्सका अविनाश बोहोराले ३ ओभरमा ३ विकेट लिएर केवल १७ रन खर्चिए, भने न्यूजिल्याण्डका स्कट कुग्गेलजिनले ४ ओभरमा ३ विकेट लिएर ३० रन खर्चिदै रोयल्सलाई सजिलै जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

खेलको सुरुवातमा टस हारेर ब्याटिङको निम्तो पाएको रोयल्सले कप्तान दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङको मद्दतले १८२ रनको सानदार स्कोर खडा गरेको थियो। जितका लागि १८३ रनको लक्ष्य पछ्याउन मैदानमा आएको किंग्सको ब्याटिङ भने कमजोर रह्यो। सुरुबाटै विकेट गुमाउँदै किंग्सले बसिर अहमदको सर्वाधिक २४ रनको योगदानपछि पनि ९२ रनमै समेटिन पुग्यो।

सुदूरपश्चिम रोयल्सले आफ्नो आक्रमक खेलको प्रदर्शन गर्दै ९० रनको फराकिलो अन्तरले जित हात पार्दै एनपिएल २०२४ को सुरुवात धमाकेदार तरिकाले गरेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर