एनपिएल २०२४ मा पहिलो मेडन विकेट ओभर



सुदूरपश्चिम टिमका ब्रेन्डन म्याकमुलनले एनपिएल २०२४ मा पहिलो मेडन विकेट ओभर लिएर उत्कृष्ट प्रदर्शन गरेका छन्। विराटनगर किंग्सविरुद्धको प्रतिस्पर्धामा, दोस्रो इनिङ्सको चौथो ओभरमा उनले लोकेश बमलाई आउट गर्दै यो उपलब्धि हासिल गरेका हुन्।

हाल त्रिवि क्रिकेट मैदानमा एनपिएल २०२४ को पाँचौं खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच जारी छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर