ऐरी बने एनपिएल कै सबै भन्दा छिटो अर्धसतक बनाउने खेलाडी
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी एनपिएल २०२४ को अहिलेसम्मकै छिटो अर्धशतक बनाउने खेलाडी बनेका छन्। उनले विराटनगर किंग्सविरुद्ध खेलेको खेलमा २३ बलमा ५१ रन बनाउँदै यो कीर्तिमान राखेका हुन्।
रोयल्सले खेलको शुरुवातमा खराब प्रदर्शन गरे पनि कप्तान ऐरीले उत्कृष्ट पारी खेल्दै २४ बलमा ५७ रन बनाए। उनको योगदानले रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको चुनौती पेश गर्न सफल भयो।
हाल त्रिवि क्रिकेट मैदानमा एनपिएलको पाँचौं खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच जारी छ।