टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङ गर्दै विराटनगर किङ्स
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
सुदूरपश्चिमको यो प्रतियोगितामा पहिलो खेल हो भने विराटनगर आफ्नो दोस्रो खेल खेल्दैछ। दुवै टोली पहिलो जितको खोजीमा मैदानमा उत्रनेछन्। विराटनगरले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटको हार ब्यहोरेको थियो।