कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दियो



नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ।

टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने कर्णाली याक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो। कर्णालीका कप्तान सोमपाल कामी र अर्जुन घर्तीले आक्रामक ब्याटिङ गरे। सोमपालले १३ बलमा २९ रन बनाउँदै अविजित रहे भने अर्जुनले २२ बलमा ३३ रन बनाए। पछिल्लो २ ओभरमा कर्णालीले ४३ रन जोड्यो, जसमा अर्जुनले १९औं ओभरमा २२ रन प्रहार गरे। नेपालका गुल्सन झाले ३६ रनको योगदान दिए।

तर, कर्णालीका विदेशी खेलाडी भने फ्लप भए। भारतका चर्चित खेलाडी शिखर धवनले १४ बलमा १४ रन मात्र बनाउँदा आउट भए। चाडविक वाल्टन ८ रन, बाबर हायत १२ रन र जिसन मक्सुद शुन्य रनमा आउट भए।

बलिङतर्फ, जनकपुर बोल्ट्सका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर