कर्णाली याक्सका शिखर धवन १४ रनमै आउट



नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खेलमा कर्णाली याक्सका ओपनर शिखर धवन १४ रनमा आउट भए। भारतका पूर्वक्रिकेटर धवनले १४ बलमा तीन चौका हिर्काए, तर जनकपुर बोल्ट्सका क्यानडाली बलर हर्ष थाकरेले उनलाई बोल्ड गरे। ४.२ ओभरमा कर्णाली याक्सले दुई विकेट गुमाएर २१ रन बनाएको थियो।

कीर्तिपुरमा कर्णाली याक्सले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको थियो। जनकपुर बोल्ट्सले उद्घाटन खेलमा विराटनगर किङ्सलाई ८ विकेटले हराएको थियो, जबकि कर्णाली याक्सको यो पहिलो खेल हो। कर्णालीका कप्तान सोमपाल कामी छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर