सोहेल तनवीरको बलिङमा तहसनहस काठमाडौं, चितवनलाई ११२ रनको झिनो लक्ष्य



नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनायो। टोलीका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए। माइकल लेभिटले २५, स्टेफन इस्किनाजीले २, जेहार्ड एरासमसले ४, भीम सार्कीले १, रसिद खानले ४, कप्तान करण केसीले १, शाहब आलमले १ र शंकर रानाले ११ रन बनाएर आउट भए। ड्यान डौथवेट १९ र दीपेश कंडेल १ रनमा अविजित रहे।

चितवनका बलरहरूमा सोहेल तनवीरले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए। कप्तान कुशल मल्ल, रिजन ढकाल, ल्यूक मार्टिन बेनकेन्स्टाइन र अमंरसिंह रौटेलाले समान १-१ विकेट लिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर