चितवन राइनोजले टस जितेर काठमाडौं गुर्खाजविरुद्ध पहिला बलिङ गर्दै



काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गुर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ। टीयू मैदानमा चितवन राइनोजले टस जितेर काठमाडौं गुर्खाजविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेको छ।

काठमाडौं गुर्खाजका विदेशी खेलाडीमा इंग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर, नेदरल्याण्ड्सका माइकल लेभिट, र नामिबियाका जेरार्ड एरासमस रहेका छन्।

चितवन राइनोजका विदेशी खेलाडीमा पाकिस्तानका सोहेल तनविर, इंग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारा, नामिबियाका जान निकोल लफ्टी इटन, इंग्ल्याण्डका लुक बेन्केन्सटाइन, र अफगानिस्तानका हसन एइसाखिल समावेश छन्।

यसअघि शनिबार भएको एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्टस्ले विराटनगर किंग्सलाई पराजित गरेको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर