एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिडदैँ, खेल कति बजे सुरु?
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो र तेस्रो खेल आज हुदैँछ। आजको दोस्रो खेलमा जनकपुर बोल्टस र कर्णाली याक्स बिच प्रतिस्पर्धा हुनेछ। दुवै टोली पहिलो पटक त्रिभुवन विश्वविद्यालय, किर्तिपुर स्थित खेल मैदानमा आमने-सामने हुनेछन्। खेल बिहान १ः१५ बजेबाट सुरु हुनेछ।
एनपीएल गत शुक्रबारबाट सुरू भएको हो। पहिलो खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्सलाई आठ विकेटले पराजित गरेको थियो। जनकपुर बोल्टस र कर्णाली याक्स बीच आजको खेलमा तीव्र प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। जनकपुरको नेतृत्व अनिल साह र कर्णाली याक्सको नेतृत्व सोमपाल कामीले गर्नेछन्। आजको खेलको मुख्य आकर्षण भनेको कर्णाली याक्सका भारतीय खेलाडी शिखर धवन हुनेछन्।
जनकपुर बोल्टस:
आसिफ शेख (मार्की), ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकार, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्यूजिल्याण्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्याण्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।
कर्णाली याक्स:
सोमपाल कामी (मार्की), गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक)।