एनपीएलमा आज काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्दै, मैदानमा कसको दाबेदारी बलियो?



नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच बिहान सवा ९ बजे खेल हुनेछ। काठमाडौंको कप्तानी करण केसीले गर्नेछन्, जसले फ्रेन्चाइज लिगमा नेतृत्वको अनुभव राख्छन्। चितवनका युवा कप्तान कुशल मल्लले भने यस लिगमार्फत कप्तानीमा डेब्यु गर्दैछन्।

काठमाडौंमा अनुभवी खेलाडी करण केसी, भीम शार्की, रासिद खान, शाहब आलम, तथा विदेशी खेलाडी स्टेफेन इस्किनाजी र माइकल लेभिट छन्। टिम सन्तुलित देखिए पनि घरेलु समर्थकको दबाब सहनु पर्ने चुनौती छ।

चितवनको टिममा युवा र भेट्रान खेलाडीको मिश्रण छ। कुशल मल्ल, शरद भेषावकर, रिजन ढकालजस्ता खेलाडीको साथमा विदेशी खेलाडी रवि बोपारा, सोहेल तनविर, र जान निकोलस लफ्टी इटन छन्। तर, प्रमुख बलर कमल सिंह ऐरी र मर्चेन्ट डे लाङ घाइते हुँदा टिमले बलिङमा केही चुनौतीको सामना गर्नुपरेको छ।

काठमाण्डुलाई बसन्त शाही ठकुरीले र चितवनलाई उमेश पटवालले प्रशिक्षण दिएका छन्। युवा र अनुभवी खेलाडीको रोमाञ्चक भिडन्तमा आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर