पोखरा एभेन्जर्सले फ्यानहरूलाई नि:शुल्क टिकट र खाजासहित बस सेवा उपलब्ध गराउने



नेपाल प्रिमियर लिग (एनपीएल) का फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आफ्ना समर्थकहरूका लागि पोखराबाट काठमाडौंसम्म नि:शुल्क बस सेवा र टिकट उपलब्ध गराउने घोषणा गरेको छ।

टिमले पोखरामा हुने खेलका दिन दुईवटा बससहित पोखराबाट काठमाडौं जाने र पुन: पोखरा फर्किने योजना बनाएको हो। साथै, फ्यानहरूका लागि नि:शुल्क टिकट, खाजा र जर्सी पनि वितरण गरिनेछ।

पोखरा एभेन्जर्सले आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बुकिङ खुला गर्ने जानकारी दिएको छ। पोखराभित्रका ४० जनासम्म र पोखराबाहिरबाट २० जनासम्मलाई बस सेवा उपलब्ध गरिनेछ। बुकिङको आधारमा, काठमाडौं जाने व्यक्तिहरूको नाम लक्की ड्र द्वारा चयन गरिनेछ, र यदि पहिलोपटक नाम नआएमा अर्को प्रयासमा प्राथमिकता दिइनेछ।

पोखरा एभेन्जर्सको पहिलो खेल मङ्गलबार दिउँसो चितवन राइनोजसँग हुनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर