एनपीएलमा लुम्बिनी लायन्सको मुख्य प्रायोजक बन्यो एनसेल



नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स टीमको मुख्य प्रायोजक एनसेल बनेको छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जब्बर काइमोभ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीबीच आज एक विशेष समारोहमा सम्झौता सम्पन्न भयो।

समारोहमा एनसेल एनपीएलको पावर्ड बाईसमेत बनेको घोषणा गरियो। कार्यक्रममा काइमोभ, जिसी, टीमका ब्रान्ड एम्बेसडर राजेश हमाल, कप्तान रोहितकुमार पौडेलसहित खेलाडीहरूको उपस्थिति थियो। सो अवसरमा लुम्बिनी लायन्सको नयाँ जर्सी सार्वजनिक गरियो।

एनसेलका सीईओ काइमोभले लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाएकोमा गर्व व्यक्त गर्दै टीमलाई सफलताको शुभकामना दिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर