कर्णाली याक्सका कप्तान सोमपाल कामी, शिखर धवनलगाएतका खेलाडीले गरे पशुपतिनाथको दर्शन
भारतीय क्रिकेटर शिखर धवनसहित नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्सका खेलाडीहरूले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।
दर्शन गर्ने टोलीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी, खेलाडी गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल, तथा टोलीको फेस स्वस्तिमा खड्का सहभागी थिए। उनीहरूले धार्मिक वातावरणमा पूजाअर्चना गर्दै आशीर्वाद लिए।
धवनको नेपाल भ्रमण र कर्णाली याक्ससँगको संलग्नताले फ्यानहरूमा उत्साह थपेको छ। पशुपतिनाथ मन्दिर दर्शनले टोलीका सदस्यहरूमा सकारात्मक ऊर्जा थपिएको विश्वास गरिएको छ।