क्यानका सचिव पारस खड्काले भने, “एनपिएलको पहिलो खेलका सबै टिकट बिक्री भइसक्यो, पासका लागि फोन नगर्नुस्”



नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलका सबै टिकट र भिआइपी पास सकिएको बताएका छन्।

शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले टिकट नपाएका क्रिकेटप्रेमीहरूलाई खेल टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट हेर्न अनुरोध गरेका छन्।

‘भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्ममार्फत खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं,’ उनले लेखेका छन्। साथै, भोलिको पासका लागि फोन वा सन्देश नगर्न पनि आग्रह गरेका छन्।

शनिबार दिउँसो कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच उद्घाटन खेल हुँदैछ। एनपिएलमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर