सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न नेपाल आइपुगे स्कटल्यान्डका अलराउन्डर ब्रान्डन



नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न सुदूरपश्चिम रोयल्सका अलराउन्डर ब्रान्डन मक्मलेन नेपाल आइपुगेका छन्। स्कटल्याण्डका दायाँहाते ब्याटर मक्मलेनले १६ टी-२० आईमा ६ अर्धशतकसहित ४९७ रन बनाएका छन्। उनले २०२३ मा जर्मनीविरुद्ध टी-२० आईमा डेब्यु गरेका थिए। ओडीआईमा उनले २६ खेलमा ३ शतक र २ अर्धशतकसहित ८८८ रन बनाएका छन्।

सुदूरपश्चिम रोयल्सले एसपीएलाई एजुकेसन पार्टनर, माया मेट्रो अस्पताललाई मेडिकल पार्टनर, नेपाल एयरलाइन्सलाई एयरलाइन्स पार्टनर, सलिको इन्स्योरेन्सलाई इन्स्योरेन्स पार्टनर, राइका टुर्स एण्ड ट्रेक्सलाई ट्राभल पार्टनर, नेपाल टेलिकमलाई टेलिकम पार्टनर, सूर्य प्लाईलाई स्ट्रेन्थ पार्टनर, र कुमारी जबलाई करिअर पार्टनरका रूपमा भित्र्याएको छ। टोलीले म्यारियट काठमाडौंमा बसोबासको लागि पनि सहकार्य सम्झौता गरिसकेको छ।

सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी हुन्। टोलीका मेन्टर अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा रहेका छन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो संस्करणको एनपीएल १५ मंसिरदेखि ६ पुससम्म हुनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर