क्यानडाका अलराउन्डर हर्ष ठाकरले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने
क्यानडाका २७ वर्षीय अलराउन्डर हर्ष ठाकर नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा जनकपुर बोल्ट्सको प्रतिनिधित्व गर्ने भएका छन्। जनकपुरले उनलाई सातौं विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जानकारी दिएको छ। ठाकरले ३५ टी–२० अन्तर्राष्ट्रिय खेलहरूमा ४५१ रन र २९ विकेट लिएका छन्।
यसअघि, जनकपुरले इङ्गल्यान्डका बेन माइक, पाकिस्तानका शोएम मक्सूद, अमेरिकी क्रिकेटर लाहिरु मिलन्था, पाकिस्तानका मुहम्मद मोहसिन, अमेरिकाका जोशुआ ट्रोम्प, र न्युजिल्यान्डका जेम्स नीशमलाई अनुबन्ध गरिसकेको छ।
जनकपुरको मार्की खेलाडी राष्ट्रिय टोलीका विकेटकीपर ब्याटर आसिफ शेख छन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायके छन्।
एनपीएलको पहिलो संस्करण, नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा, पर्सि शनिवारदेखि पुस ६ सम्म सञ्चालन हुनेछ। उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्नेछन्।