कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद



ओमनका पूर्वकप्तान जिशान मक्सुद नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। उनी कर्णाली याक्सबाट खेल्नेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले उनलाई स्वागत गरे।

कर्णाली याक्सका मार्की प्लेयर सोमपाल कामी हुन्। टोलीले शिखर धवन (भारत), जिशान मक्सुद (ओमन), र हुनेस तलात (पाकिस्तान) जस्ता चर्चित विदेशी खेलाडीहरूलाई अनुबन्ध गरेको छ। साथै, वाल्टन र हायातजस्ता अन्य महत्वपूर्ण खेलाडीहरू पनि टोलीमा समावेश छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर