पोखरा एभेन्जर्समा अनुबन्ध भएका चार विदेशी खेलाडी नेपाल आइपुगे



मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न पोखरा एभेन्जर्समा अनुबन्धित चार विदेशी खेलाडी बुधबार नेपाल आइपुगेका छन्।

पोखराको टोलीमा स्कटल्याण्डका माइकल लिस्क, नेदरल्याण्ड्सका बास डे लिड, इंग्ल्याण्डका म्याट क्रिट्ले, र वेस्ट इन्डिजका रेमन रेइफर सहभागी छन्। उनीहरुलाई स्वागत गर्न पोखरा एभेन्जर्सका सदस्यहरु त्रिभुवन विमानस्थल पुगेका थिए।

यस्तै, अर्का विदेशी खेलाडी आन्द्रेस गौस केही दिनपछि नेपाल आउनेछन्। उनी हाल अबुधाबी टी–१० लिगमा व्यस्त छन्।

पोखरा एभेन्जर्सका मार्की प्लेयर कुशल भुर्तेल हुन् भने मुख्य प्रशिक्षकको जिम्मेवारी राजीव कुमारले सम्हाल्नेछन्। टोलीको मेन्टरका रूपमा दक्षिण अफ्रिकाका प्रसिद्ध खेलाडी जोन्टी रोड्स छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर