एनपीएलका प्लेयर अफ दि सिरिजलाई आईपीएलभन्दा तेब्बर पुरस्कार



मंसिर १६ बाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेयर अफ दि सिरिज घोषित हुने नेपाली खेलाडीलाई शारडा समूहले ६१ लाख ९९ हजार रुपैयाँ मूल्यको ओमोडा-ई ५ विद्युतीय कार उपहार दिने भएको छ।

मंसिर १५ देखि पुष ६ सम्म चल्ने एनपीएलका लागि शारडा समूहले यो ब्रान्ड न्यू कार प्रदान गर्न लागेको हो। यो पुरस्कार हालसम्म नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो पुरस्कार हो। एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा.लि. र नेपाल क्रिकेट संघ (क्यान) को सहकार्यमा यो सहमति भएको हो।

रोचक पक्ष के छ भने, एनपीएलमा प्रदान गरिने यो पुरस्कार आईपीएलमा मोस्ट भ्यालुएबल प्लेयर अफ दि सिजन ले पाउने नगद पुरस्कारभन्दा तीन गुणा बढी मूल्यको छ। आईपीएल २०२४ मा मोस्ट भ्यालुएबल प्लेयर बनेका सुनिल नरायनले १२ लाख भारतीय रुपैयाँ (नेपाली झण्डै १९ लाख २० हजार) नगद पुरस्कार पाएका थिए।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर