सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को लागि माया मेट्रो अस्पताल “सुदुरपस्चिम रोयल्स” को मेडिकल पार्टनर बन्यो
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार माया मेट्रो अस्पताल सुदूरपश्चिम रोयल्सको आधिकारिक मेडिकल पार्टनर बन्नेछ। यो सम्झौतामा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले हस्ताक्षर गरेका छन्।
सुदूरपश्चिम रोयल्सले यसअघि विभिन्न साझेदारहरू भित्र्याइसकेको छ। एसपीए एजुकेसन पार्टनर, नेपाल टेलिकम टेलिकम पार्टनर, सूर्य प्लाई स्ट्रेन्थ पार्टनर, र कुमारी जब करिअर पार्टनरका रूपमा छन्। टोलीले एनपीएल अवधिभर मेरियट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरेको छ।
क्यानको आयोजनामा हुने एनपीएल प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म ८ टोलीहरूको सहभागितामा सञ्चालन हुनेछ। सुदूरपश्चिम रोयल्सको प्रमुख खेलाडी (मार्की प्लेयर) कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन्। टोलीका मेन्टर अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा हुन्।