क्यानले एनपीएलका लागि चर्चित कमेन्टेटरहरूको टोली घोषणा गर्यो
नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १५ देखि पुस ६ सम्म हुने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि ६ विदेशी कमेन्टेटर भित्र्याएको छ।
बुधबार क्यानले एनपीएलको आधिकारिक पेजमार्फत एन्ड्रयु लेनर्ड, एचडी अकरम्यान, ड्यारेन गौफ, श्रीधरण श्रीराम, मोनाली पटेल र मिखाइल वासवानीलाई कमेन्ट्रीका लागि नियुक्त गरिएको जानकारी गराएको हो। अमेरिकाका एन्ड्रयु लेनर्ड नेपाल क्रिकेटका लोकप्रिय कमेन्टेटर हुन्, जसले धेरैजसो नेपाली खेलहरूको कमेन्ट्री गर्दै आएका छन्।
दक्षिण अफ्रिकाका एचडी अकरम्यान पूर्व टेस्ट क्रिकेटर हुन्, जसले सन् १९९८ मा दक्षिण अफ्रिकाबाट खेलिसकेका छन्। इङ्ल्यान्डका पूर्व क्रिकेटर ड्यारेन गौफले १५९ ओडीआई खेलमा २३५ विकेट लिएका थिए। भारतका श्रीधरण श्रीरामले सन् २००० देखि २००४ सम्म भारतबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए।
त्यस्तै, क्यानडाकी पूर्व महिला क्रिकेटर मोनाली पटेलले सन् २०१९ मा क्यानडाका लागि दुई टी-२०आई खेल खेलेकी थिइन्। भारतीय पत्रकार र कमेन्टेटर मिखाइल वासवानी पनि यस प्रतियोगिताको कमेन्ट्री टोलीमा छन्। यी अनुभवी व्यक्तित्वहरूको उपस्थितिले एनपीएलको स्तर र आकर्षण थप बढाउने विश्वास गरिएको छ।
pic: npl