कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएल को उपाधि जितेमा ३० लाख रुपैयाँ पुरस्कार दिने



कोशी प्रदेश सरकारले विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेमा ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। मंगलबार राति आयोजित बिदाइ कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसबारे जानकारी दिएका हुन्। 

नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित एनपीएलमा विराटनगर किङ्स कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै सहभागी हुने छ। 

कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले खेलकुदमा आकर्षण थपिएको भन्दै, क्रिकेटले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय पहिचानसमेत बनाउन सक्ने धारणा व्यक्त गरे। उनले खेलकुदको विकासका लागि प्रदेश सरकार स्रोतसाधनले भ्याएसम्म सहयोग गर्न तत्पर रहेको र आगामी दिनमा थप योजनाहरू अघि सारिने बताए। 

विराटनगर किङ्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले प्रतियोगितामा टोलीले आक्रामक खेल प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन्। 

एनपीएल प्रतियोगिता मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सञ्चालन हुने भएको छ ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर