एनपीएलको उद्घाटन खेलको सबै टिकट ३ दिन अगाडि नै बिक्यो
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका लागि सबै टिकट ‘सोल्ड आउट’ भएका छन्।
मंसिर १५ गते सुरु हुने एनपीएलको पहिलो खेलका लागि टिकट बिक्री खुला भएको केही दिनमै भिआइपी र सामान्य क्षेत्रका सबै टिकट बिक्री भइसकेका छन्।
खल्तीमार्फत टिकट बुकिङ खुला गरेपछि उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको बताइएको छ। कीर्तिपुर क्रिकेट मैदानमा करिब १२ हजार दर्शक अट्ने क्षमता छ, जसमा सिद्धार्थ बैंक जोन (टाइटल स्पोन्सर), जोन १, जोन २, जोन ३, भिआइपी, भीभीआइपी, र ओनर्स एरिया छुट्याइएको छ।
उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्डबीच प्रतिस्पर्धा हुनेछ। विराटनगरका मार्की खेलाडी सन्दीप लामिछाने र जनकपुरका मार्की खेलाडी आसिफ शेख रहेका छन्।