इङ्ग्ल्यान्डका अलराउन्डर बेन माइकले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने



इङ्ग्ल्यान्डका अलराउन्डर बेन माइक जनकपुर बोल्ट्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण खेल्ने भएका छन्। जनकपुरले विदेशी खेलाडीको रूपमा माइकलाई अनुबन्ध गरेको जानकारी बुधवार सामाजिक सञ्जालमार्फत दिएको हो।

२६ वर्षीय माइकले ६७ टी-२० खेलमा ५७ विकेट लिँदै ६६९ रन बनाइसकेका छन्। जनकपुरले यसअघि न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, मोहम्मद मोहसिन, लाहिरु मिलन्था, र पाकिस्तानका अलराउन्डर सोयब मक्सुदलाई टोलीमा समावेश गरिसकेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख जनकपुरका मार्की खेलाडी हुन् भने मुख्य प्रशिक्षकको जिम्मेवारी पुबुदु दासानायकेले सम्हाल्नेछन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उद्घाटनको दिन जनकपुर बोल्ट्सले विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर