चितवन राइजनोमा अनुबन्ध भएका बलर मर्चेन्ट डी लाङ्गले एनपीएल नखेल्ने
दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मर्चेन्ट डी लाङ्ग नेपाल प्रिमियर लिग (एनपीएल) मा भाग लिने छैनन्।
चितवन राइजनोजमा अनुबन्ध भएका मर्चेन्ट डी लाङ्ग चोटका कारण खेलमा सहभागी हुन सक्ने छैनन्। उनलाई प्रशिक्षणको क्रममा खुट्टाको मांसपेशीमा चोट लागेको हो, र चोट निको हुन तीनदेखि चार हप्ता लाग्ने बताइएको छ।
चितवन राइजनोको मार्की खेलाडीको रूपमा कुशल मल्ल रहेका छन्। पहिलो संस्करणको नेपाल प्रिमियर लिग आउँदो शनिबारबाट सुरु हुँदै छ, जसमा कूल ८ टोली त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछन्।