कर्णाली याक्सले सिसन बानियाँलाई युथ एम्बेसडरमा नियुक्त गर्‍यो



हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले नेपाली भ्लगिङ र सिनेमा क्षेत्रमा परिचित सिसन बानियाँलाई ‘युथ ब्रान्ड एम्बेसडर’मा नियुक्त गरेको छ। यसअघि, कर्णालीले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरिसकेको थियो।

कर्णाली टोलीका प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन् भने मार्की खेलाडी नेपाली अलराउन्डर सोमपाल कामी हुन्। टोलीले भारतका शिखर धवन, वेस्ट इन्डिजका चाडविक वाल्टन, हङकङका बाबर हायात, ओमानका जिसन मक्सुद, र पाकिस्तानका हुसैन तलतजस्ता अन्तर्राष्ट्रिय खेलाडीलाई अनुबन्ध गरिसकेको छ।
नेपाली राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल, र नन्दन यादव पनि कर्णाली टोलीमा छन्। यस्तै, ‘बी’ श्रेणीबाट अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, र भुवन कार्की सामेल छन्। ‘सी’ श्रेणीमा दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, र दीपक डुम्रे छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर