नेपाल प्रिमियर लिगको टिकट दर सार्वजनिक, मूल्य कति तोकियो ?



नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदैछ।

नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताका लागि टिकट दर सार्वजनिक गरेको छ। उद्घाटनको दिन जनरल टिकटको मूल्य रु. ३०० र भीआईपी टिकटको मूल्य रु. ७०० तोकिएको छ।

लिग चरणका अन्य दिनहरूमा जनरल टिकट रु. ३०० र भीआईपी टिकट रु. ५०० मा उपलब्ध हुनेछ। प्लेअफ खेलहरूको लागि जनरल टिकट रु. ५०० र भीआईपी टिकट रु. ७०० मा निर्धारण गरिएको छ भने फाइनल खेलको लागि जनरल टिकट रु. ५०० र भीआईपी टिकट रु. १००० पर्नेछ।

साथै, क्यानले सिजनल पासको व्यवस्था पनि गरेको छ, जसमा २०% छुट दिइएको छ। सिजनभरका खेलहरूका लागि जनरल पास रु. ४,४८० र भीआईपी पास रु. ८,२४० मा उपलब्ध छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर