युवा र विदेशी खेलाडीको मिश्रणसहित काठमाडौँ गोर्खाजको इतिहास रच्ने तयारी



नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ उपत्यकाको प्रतिनिधित्व गर्ने काठमाडौँ गोर्खाजले लिगको पहिलो संस्करणकै उपाधि जित्ने लक्ष्य लिएको छ। यही मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौँ गोर्खाजले श्रीलंका र बंगलादेशका खेलाडीसँग अभ्यास खेल खेलेर तयारी गरेको छ।

टोलीमा युवा र अनुभवी खेलाडीको समायोजन

मुख्य प्रशिक्षक बसन्त शाहीले नेपाली युवा खेलाडी र पाँच विदेशी खेलाडीको सहकार्यले टोली सन्तुलित बनेको बताएका छन्। टोलीका मार्की खेलाडी करण केसी केही अस्वस्थ भए पनि समयमै फिट हुने आशा गरिएको छ। काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब आलम, दिपेश कँडेल, रासिद खान, र विदेशी खेलाडीहरू जेरार्ड इरासमस, माइकल लेभिट, र नाथन सोटरजस्ता खेलाडी समावेश छन्।

प्रथम खेल चितवन राइनोजसँग

काठमाडौँ गोर्खाजले आफ्नो पहिलो खेल मंसिर १७ गते चितवन राइनोजसँग खेल्नेछ। प्रशिक्षक शाहीले टी-२० क्रिकेटमा कुनै पनि टोलीलाई कमजोर वा बलियो ठहर गर्न नसकिने बताउँदै पहिलो खेलमै जित्ने लक्ष्य रहेको बताए।

एनपीएल: नेपालकै ठूलो घरेलु प्रतियोगिता

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको एनपीएलमा काठमाडौँ गोर्खाजसहित आठ टोली सहभागी छन्। उद्घाटन खेल मंसिर १५ मा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुनेछ।

मुना कार्की/रासस

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर