नेपाल प्रिमियर लिगको ट्रफी धरहरा परिसरबाट सार्वजनिक



नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी आज धरहरा परिसरमा विशेष समारोहका बीच सार्वजनिक भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र लिगका आठ टिमका मार्की खेलाडीहरूले संयुक्त रूपमा ट्रफी अनावरण गरे। ट्रफीमा कालापत्थरबाट ल्याइएको विशेष ढुंगा समावेश गरिएको छ, जसले यसको महत्त्वलाई थप विशेष बनाएको छ।

अनावरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि यो दिन ऐतिहासिक रहेको बताए। उनले सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको उल्लेख गर्दै भने, “अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु।”

प्रधानमन्त्री ओलीले एनपीएलले खेलकुद मात्र नभई नेपालको पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

pic credit: nepal press

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?




प्रतिकृया


सम्बन्धित खबर